महतले गरे एकलौटी ढंगबाट बसपार्कको बिचमा शिलान्यास

गुगलपाटी संवाददाता हेटौँडा
८ माघ २०७५ ०६:३३

हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एकलौटी ढंगबाट बसपार्कको बिचमा तौलपुल निर्माणको शिलान्यास गरेको भन्दै स्थानीयले उपमहानगरपालिकाको विरोध गरेका छन् ।

तौलपुल निर्माणको लागि हेटौँडा १० का वडा अध्यक्षलाई समेत जानकारी नभईकनै बसपार्क को बिचमा शिलन्यास गरिएको अध्यक्ष किताब सिंह लामा बताउँछन् ।

हिजो मात्र मेहर हरिबहादुर महतले संघिय सरकारले जिल्ला स्तरमा भारी सवारीहरु तौल गर्नका लागि तौल पुल राख्न लिखीत निर्देशन दिएपछी हेटौंडा उपमहाँनगरपालिकाले हेटौंडा १० बसपार्कमा तौलपुल स्थापना गर्न शिलान्यास गरेका थिए ।

तौलपुल निर्माणस्थल उपयुक्त नभएको टोल विकास संस्थाकी अध्यक्ष शान्ता गजुरेलले बताईन् । उनका अनुसार बसपार्कमा सवारी चाप बढि रहेको कारण बीच सडकमा तौलपुल निर्माण गर्दा झन अस्तव्यस्त हुने र दुर्घटना, प्रदुषण लगायतका समस्या तौलपुलका कारण निम्तने बताइन ।
स्थानीका अनुसार ‘तौलपुल बसपार्क क्षेत्रमा उपयुक्त नभएकोे स्थानीयले विरोध गरिरहेका छन् ।

यता स्थानीयहरुले भने उपमहानगरका मेयर महतले वडा तथा स्थानीयसँग कुनैपनि समन्वय नगरि बसपार्कको मुटुमानै तौल पुल निर्माण गर्न लागेको बताउछन् ।

स्थानीय आदर्श टोल विकास सस्थाका सदस्य प्रदिप कडेलका अनुसार तौल पुल भनेको डिभाड नहुने, सहरबाट अलि टाढा बनाउनुपर्नेमाबनाउनुपर्नेमा जोड दिइका छन् । बसपार्कजस्तो अति ब्यस्त स्थानको पनि विचभागमानै बनाउन थालेको देख्दा अचम्ममा परेको बताउनुभयो ।

यहा तौल पुल बनाउदा दुर्घटनाको संभावनाको साथमा ट्राफिक जाम हुन्छ भन्ने मेयर ज्युलाई थाहा हुनुपर्दैन? अझ वडालाई समेत जानकारी नदिने यो कस्तो काम हो ?  हामीले तौल पुल निर्माणको लागि निर्माण सामग्री बोकेर आएको टिपर तथा तौल पुल निर्माणको लागि खाडल खन्न प्रयोग गरिएको मेसिन समेत फिर्ता गर्दिएका छौँ । उनले यो तौलपुल बसपार्कमा बन्न नसक्ने र पुर्ने समेत बताए ।