सय कडा दश टोली हेटौँडामा
जी.न्यौपाने हेटौँडानेपाली कथानक चलचित्र “सय कडा दश” को टिम हेटौँडामा आएका छन् । समाजमा रहेको भ्रष्ट्राचारलाई व्यङ्ग्य गर्दै कुरीती र कुसंस्कार हटाउन फिल्मले मदत गर्ने निर्माता टोलीले बताए ।
न्युज क्लब नेपाल, हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी निर्मात्री रज्जु प्रधानले चलचित्रले नयाँ तथा सामजिक विषयबस्तु समेटेको बताईन् । चलचित्र सय कडा दशले समाजमा भएको कुरिति तथा विसंगतीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयलाई समेत उठान गरेको बताईन् ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कलाकार तथा सहनिर्माता राजाराम पौडेलले आफुले अभिनय गरेको मध्ये हालसम्मको सबैभन्दा सुन्दर र शसक्त चलचित्र भएको बताए । चलचित्रले हाल समाजमा भएको घटनालाई हास्याब्याङ्ग्य ढंगबाट पर्दामा उतारेको भन्दै उनले चलचित्र अहिले नेपाली समाजको यथार्त चित्र भएको दाबी गरे ।
चलचित्रको विषयमा बोल्दै चलचित्रमा पहिलो पटक प्रवेश गरेका हेटौँडेली नायक उत्सव न्यौपानेले आफ्नो पहिलो चलचित्रनै सामजिक विषयबस्तुमा रहेकोमा आफुलाई गौरब लागेको बताए । चलचित्रमा हास्याब्याङ्ग्य सहित युवापुस्ताको लभ तथा भ्रष्ट्रचारीले परिवारमा कस्तो कलह निम्त्याउछ भन्ने विषयलाई शसक्त ढंगबाट राखिएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी नायीका करुणा श्रेष्ठले आफ्नो डेब्यु फिल्मनै शसक्त कथामा बनेको भन्दै चलचित्र हेर्नको लागि सबैलाई आग्रह गरिन् । आगामी माघ १८ गतेबाट देशभर चल्ने चलचित्र १ करोड ७० लाखको लागतमा निर्माण भएको चलचित्रका निर्माता उत्तम खत्रीले बताए ।
रामशरण पाठकले निर्देशन गरेको चलचित्रमा नेपालका चर्चित हास्यब्याङ्ग्यकार मनोज गजुरेलले पनि डेब्यु गरेका छन् । चलचित्रका कार्यकारी निर्माता राजाराम पौडेल रहेका छन, भने संजीव न्यौपाने, रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, मनोज निरौलाको समेत लगानी रहेको छ । चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, सोनिया राई, रश्मी भट्ट, अमित पोखरेल लगायतकाको अभिनय रहेको छ ।