हाफ म्याराथुनको सुरु
गुगलपाटी संवाददाता हेटौँडा२५६ औ मकवानपुरगढि बिजय उत्सवको अवसरमा आयोजीत हाफ म्याराथुनको शुरुवात भएको छ । प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्रेल सँगै हेटौँडा उपमहगरपालिकाका मेयर हरिबहादुर महतले म्याराथुनको शुभारम्भ गरेका हुन् ।
२१ किलोमिटरको हाफ म्याराथुन हेटौँडाबाट मकवानपुर गढीको मनकामना मन्दीरहुँदै मकवानपुरगढीमा पुगेर सम्पन्न हुने बताएका छन् ।
उक्त म्याराथुनमा सातै प्रदेशबाट २/२ जना गरि १४ जना र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल बाट २/२ जना गरि ६ जना अन्य गरी करिब १०० जना खेलाडीको सहभागित रहेको आयोजकले जनाइएको छ ।
हाफ म्याराथुनमा प्रथम हुनेलाई पचास हजार,दोस्रो हुनेलाई पच्चिस हजार र तेस्रो हुनेलाई पन्ध्र हजार तथा चौथो र पाँचौ हुनेलालेपाँच÷पाँच हजार नगद पुरस्कर प्राप्त गर्नेछन ।