आयोगद्वारा डा. केसीको जीवन रक्षाका लागी सरकारको ध्यानाकर्षण
गुगलपाटी संवाददाता काठमाडौँमंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले केसीको स्वास्थ्य अवस्थाबारे आयोगले शिक्षण अस्पताल महाराजगञ्ज गएर अनुगमन गरेको बताएको छ ।
‘चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘डा केसीसँग नेपाल सरकारले विगतमा पटकपटक गरेका सम्झौताहरूमा गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।’
आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयकमा व्यवस्थाहरू राख्नुपर्ने भन्दै डाक्टर केसी पुस २५ गतेदेखि अनसन बसिरहेका छन्।