सिमलटारको चुनाव माघ १८ गते हुृने
जी. न्यौपाने हेटौँडाहेटौँडा ११ थानाभर्याङ् स्थित सिमलटार टोल विकास संस्थाको नयाँ कार्यसमिती चयन हुने भएको छ । माघ १८ गते चुनावी प्रक्रियाबाट कार्यसमिती चयन गरीने जनाईएको छ । चुनावी प्रक्रियामा जाने भएपछि अध्यक्ष पदमा मधुकुमार थापा मगर, देव कृष्ण थोकर, प्यारासिङ योञ्जन, कालुराम दर्लामी मगर, गणेश रसाईली, करण किशोर आचार्यले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी उपाध्यक्ष पदमा संगीता शिकारी मगर, सावित्री तिमल्सिना, चन्द्र बहादुर डंगोल, देवि लोप्चनले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सचिवमा पेमा दोर्जे घिसीङ्, विष्णु आचार्य, गोकर्ण न्यौपानेको उम्मेदवारी परेको छ ।
यसैगरी कोषअध्यक्षमा शुरेस देवकोटा, गंगाराम थिङ, मनिषा चुनी मगर को उम्मेदवारी परेको छ भने सदस्या पदका लागि गोविन्द प्रसाद न्यौपाने, सुर्यमान लामा, सिताराम श्रेष्ठ, बाबु लामा, सावित्री भण्डारी, लक्ष्मी लामा, शोभाकुमारी लम्साल, मिठ्ठु खत्री, मेनुवा पारकको उम्मेदवारी रहेको छ ।