न्यूजिल्याण्डमाथि भारतको जित

गुगलपाटी संवाददाता एजेन्सी
९ माघ २०७५ ०९:२४

न्यूजिल्याण्डसँगको एक दिवसीय सिरिजमा भारतले विजयी सुरूवात गरेको छ ।

नेपियरमा भएको पाँच खेलको सिरिजको पहिलो खेलमा भारतले घरेलु टोलीलाई ८ विकेटले हराउँदै फराकिलो जित निकालेको हो।

१ ओभर छोट्याइएको खेलमा न्यूजिल्याण्डले दिएको ९१५७ डिएल० १५८ रनको सामान्य लक्ष्य भारतले २ विकेट गुमाउँदै ३४।५ ओभरमा पुरा गरेको हो।

भारतका लागि ओपनर शिखर धवनले अर्धसतकीय पारी खेल्दा कप्तान विराट कोहलीले ४५ रन बनाए।

कोहलीसँग ९१ रनको साझेदारी गरेको धमनले १०३ बल खेल्दै ७५ रनमा नटआउट रहे। उनले ६ चौका प्रहार गरेका थिए।

यसअघि ओपनर रोहित शर्माले ११ रन बनाउँदा अम्बाती रायडु १३ रनमा नटआउट रहे।

भारतले न्यूजिल्याण्डमा ५ एकदिवसीय र ३ टी–२० खेल्ने कार्यक्रम छ।

नाइपेरमा घरेलु टोली न्यूजिल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३८औं ओभरमा अल आउट हुँदै १५७ रनमा समेटटियो।

न्यूजिल्याण्डलाई सुरूदेखिनै दबावमा राख्ने क्रममा भारतीय बलरहरु कुलदीप यादले ४ विकेट लिँदा मोहमद शामीले ३ विकेट हात पारे।

युजेबेन्द्र चहलले २ तथा केदार जादवले एक विकेट लिएका थिए।

न्यूजिल्याण्डका केन विलम्सनले सर्वाधिक ६४ रन बनाउँदा रस टलेरले दोस्रो ठूलो रन २४ बनाएका थिए बाँकी खेलाडीले उल्लेख्य रन बनाउन सकेनन्।
यसैबीच, भारतीय बलर मोहमद शामीले इरफान पठानको कीर्तिमान तोडेका छन्। इरफानले ५९ एकदिवसीयमा १०० विकेट लिएका थिए। तर, आज १०० विकेटको कीर्तिमान पुरा गरेका शामीले मात्र ५६ एकदिवसीय खेलेका छन्।