साईकलमा फापरबारी
जी. न्यौपाने हेटौँडाहेटौंडाबाट पूर्वी मकवानपुरको वागमती गाउँपालिकाको फापरबारीसम्म “टुर दि फापरबारी–२०१९” हुने भएको छ । हेटौंडामा बुधवार हेटौंडा राईडर्स क्लबले पत्रकार सम्मेलन गर्दै पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उदेश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ ।
क्लबका अध्यक्ष विकास ताम्राकारले “टुर दि फापरबारी–२०१९” मा करिब १ सय ५० साइकलयात्री सहभागि हुने जानकारी दिए । माघ ११ गते हेटौँडाबाट सुरु हुने यात्रा सोहि दिन फापरबारीमा पुग्ने र फापरबारीमा पुगेर बागमती गाउँपालिकाको पर्यटन संभावना भएका स्थलहरुको अवलोकन पछि भोलीपल्ट अर्थात माघ १२ मा हेटौँडामा फर्किएर यात्रा समापन गरिने उनले बताए ।
सामजिक सञ्जाल, विभिन्न मिडिया मार्फत बागमति गाउँपालिकाको पर्यटकीय स्थलहरुको बारेमा चर्चा गर्ने समेत ताम्राकारले बताए । कार्यक्रमलाई बागमती गाउँपालिकाले पनि सहकार्य गरेको उनको भनाई रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौँडा राईडर्स क्लबका संस्थापक अध्यक्ष दिपेन्द्रचन्द ठकुरीले मकवानपुरमा साकईल यात्रा अत्यन्त जरुरी रहेको बताए । प्रदेश नंबर ३ को राजधानीलाई साईकल सिटिको रुपमा विकास गर्न समेत आफुहरुले पहल गरेको उनको भनाई रहेको छ ।
कार्यक्रममा सानिमा लाईफ इन्सुरेन्सले प्रत्येक राईडरको दुई लाख रुपैँया बराबरको दुर्घटना विमाको सम्झौता समेत गरिएको थियो ।