झुरझुरे भिडन्तका घाईतेलाई सम्मान

गुगलपाटी संवाददाता हेटौँडा
९ माघ २०७५ १२:२०

मकवानपुरको पूर्वी क्षेत्र झुरझुरेमा भएको भिडन्त १३ औं बर्ष प्रवेश गरेको अवसरमा सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ स्थित झुरझुरेमा कार्यक्रम आयोजना गरि घाईते भएकालाई सम्मान तथा सदाहत प्राप्त गरेकालाई श्रद्धाञ्जली प्रदान गरिएको हो ।

नेकपाका केन्द्रीय सदस्य हरि अधिकारीको प्रमुख अतिथ्य तथा प्रदेश नम्बर ३ का सांसद प्रेमबहादुर पुलामीको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा भिडन्तका घाईतेहरु बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिवन गोले, सुमन पाख्रिन लगायतलाई दोसल्ला ओडाएर सम्मान गरिएको नेकपाका नेता कमानसिं पाख्रिनले जानकारी दिनुभयो ।

नेकपाका स्थानीय नेता हस्तबहादुर थिङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमायाँ स्याङ्तान, नेकपाका स्थानीय नेता ज्ञानसागर लामा, जयबहादुर वाइबा सहिद कल्याणकी श्रीमती भगवती लामिछाने लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य अधिकारीले झुरझुरे भिडन्तको ऐतिहासिक महत्व रहेको भन्दै सहीद र घाईतेको योगदानको राज्यले उच्च मुल्याङ्कन गर्नुपर्नेमा जोड दिए । माओवादी सेना र तत्कालिन शाही नेपाली सेनाबिच बि.सं. २०६२ माघ ८ गते राती झुरझुरेमा भिषण भिडन्त भएको थियो ।