नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमाः कमल थापा

गुगलपाटी संवाददाता
२१ चैत्र २०७४ ०२:३५

काठमाडौं २१ चैत,   राप्रपाका अध्यक्ष कमल थापाले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको बताएका छन् । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका थापाले बुधबार बिहान ट्विट गर्दै सो कुरा बताएका हुन् ।उनको ट्विटमा लेखिएको छ, ‘नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको छ । संगठित र योजनावद्ध रुपमा सांस्कृतिक अतिक्रमण भैरहेछ ।’कुनै धर्मप्रति असम्मान वा वितृष्णा नभइ स्वधर्मको रक्षा आफूहरुको कर्तव्य भएको र राज्यको पनि जिम्मेवारी भएको थापाले उल्लेख गरेका छन् ।धार्मिक स्वतन्त्रताको सम्मान गर्न र सनातन धर्मको रक्षा गर्न उनले आह्वान गरेका छन् ।