मकवानपुर गढीमा विजय उत्सव मनाईयो (फेटोफिचर)

गुगलपाटी संवाददाता हेटौँडा
१० माघ २०७५ १०:३३

मकवानपुरको ऐतिहासिक धरोहर मकवानपुर गढीमा २ सय ५६ औं विजय उत्सव मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी गाउँपालिका २ स्थित गढीभित्र निर्माण गरिएको सात प्रदेश अंकित नेपालको नक्सा अनावरण र झण्डोत्तलन बिहीबार गरेर उत्सव मनाईएको हो ।

राष्ट्रपति भण्डारीले नेपाली सेनाको औपचारिक आधार बोकेको यस क्षेत्रको संरक्षण आवश्यक रहेको बताइन् । प्राकृतिक वातवरण र राष्ट्रिय राजमार्गहरुले घेरिएकोमकवानपुरगढी क्षेत्रलाई थप निर्माण गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै उनले गढीले नेपाली सेनाको गर्विलो इतिहासलाई झल्काएको बताईन् ।

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देश एकिकरणको महत्वपूर्णईतिहास बोकेको मकवानपुरगढीलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेबताए । कार्यक्रममा मकवानपुरगढीको इतिहास खोजअनुसन्धानमा योगदान गरेकोभन्दै खोजकर्ता केदार न्यौपाने र बद्रि खतिवडालाई सम्मान गरिएको थियो ।कार्यक्रममा प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोईराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, संघीय तथा प्रदेशका सांसदहरु लगायतको सहभागिता रहेको थियो ।


यस्तो छ विजय उत्सवको ईतिहास
तत्कालिन समयमा हरिहरपुर गढी मकवानपुर राज्य अन्तरगत रहेको थियो । सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनले हरिहरपुर गढीको लडाइँमा पृथ्वीनारायण शाहको सेनासँग हारे । त्यसपछि उनी बंगालका नवाब मिर कासिम अलीको शरणमा पुगेका थिए । नवाबअलिको सहयोगमा दुई हजार लडाकु र एक हजार बन्दोबस्तीसहित तीन हजारफौज लिएर सेनले मकवानपुरगढीमा वि.सं. १८१९ माघ १० गते आक्रमण गरेका थिए ।गुरगिन खाँको नेतृत्वमा आएको फौज होचो ठाउँ शिखरकटेरीतर्फ लागेको देखेरगोर्खाली फौजले अग्लो स्थानबाट ढुंगामुढा लडाए, बन्दुकले ताकेर सत्रुसँग लडे ।

माघ ९ गते रातिदेखि १० गतेसम्म लडाई हुँदा मुगल सैनिकका एक हजार सात सय फौज हताहत भएको इतिहास खोजकर्ता केदार न्यौपानेले बताए ।त्यसलगत्तै गोर्खालीको मनोबल उच्च भयो र बाँकी सत्रु सेनालाई लखेट्दै सिमाना कटाए । विदेशी सेनासँग गोर्खाली सेना पराजित भएको भए नेपाल एकिकरण नै अधुरो रहन सक्ने भन्दै उनले विदेशी सेनालाई हराएको खुशीयालीमा उत्सव मनाउँदैआएको बताए ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले गोर्खाली फौजले मिरकासिमको फौजलाई पराजित गरेपछि उनीहरूबाट खोसिएका आधुनिक हतियार र सैन्यउत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले औपचारिक सैनिक संगठन निर्माणको अभ्यास सुरु गरेको बताए ।