डक्टर भट्टराईदेखि पूर्वप्रधानन्यायधिशसम्मको खोसियो,के खोसियो पढ्नुहोस

गुगलपाटी संवाददाता काठमाडौँ
२१ चैत्र २०७४ ०६:२५

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)बाहेक सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेका छन् ।

डा. भट्टराईले २०७५ बैशाख १ गतेदेखि सुुरक्षाकर्मीको टोली फिर्ता पठाउने निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।

 

सरकारले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) व्यक्तिहरुको सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षाकर्मीहरुको टोली खटाउने गर्दछ । यसरी सुरक्षाकर्मी खटाइँदा धेरै जनशक्ति दुरुपयोग भइरहेको डा. भट्टराईको ठहर छ ।

यसमा सुधारका लागि नियम पुनरावलोकन गर्न उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेरै आग्रह गरेका थिए । सोही आग्रह उनले विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखलाईसमेत गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

यसैबीच,

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नियमविपरित सवारी चालक र अंगरक्षक सुविधा पूर्व विशिष्ठ (पूर्वप्रधानन्यायाधीशदेखि मन्त्री र सांसदहरू समेत)को सुविधा खोसिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबारसम्ममा ५७ जना सुरक्षाकर्मी र १७ जना चालक गरी ७४ प्रहरीलाई फिर्ता बोलाएको हाे ।

प्रधानमन्त्रीको निर्देशनपछि सोमबारबाट नियमविपरितका सवारी चालक र अंगरक्षक फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

यि हुन नियमविपरीत सवारी चालक र अंगरक्षक राख्ने 
–मीनबहादुर रायमाझी, पूर्वप्रधानन्यायाधीश
–कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश
–रामप्रसाद श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश
–केशवप्रसाद उपाध्याय, पूर्वप्रधानन्यायाधीश
–रमेश लेखक, पूर्वमन्त्री
–अर्जुननरसिंह केसी, पूर्वमन्त्री
–मिनेन्द्र रिजाल, पूर्वमन्त्री
–नवीन्द्रराज जोशी, पूर्वमन्त्री
–उमाकान्त चौधरी, पूर्वमन्त्री
–चित्रलेखा यादव, पूर्वमन्त्री
–नरहरि आचार्य, पूर्वमन्त्री
–गणेशमान पुन, पूर्वमन्त्री
–विश्वनाथप्रसाद साह, पूर्वमन्त्री
–अजयशंकर नायक, पूर्वमन्त्री
–उमेश यादव, पूर्वमन्त्री
–महेन्द्र पाण्डे, पूर्वमन्त्री
–रामजनम चौधरी, पूर्वमन्त्री
–दिनेश श्रेष्ठ, पूर्वमन्त्री
–प्रेमबहादुर सिंह, पूर्वमन्त्री
–इन्द्र बानियाँ, पूर्वमन्त्री
–राजेन्द्रकिशोर क्षेत्री, पूर्वमुख्यसचिव
–गोविन्द कुसुम, पूर्वगृहसचिव
–सुरेन्द्रकुमार कार्की,
–रिजवान अन्सारी,
–अमरेशकुमार सिंह, सांसद