कमाने सेवाकेन्द्रमा १ महिनाको कारोवार करोड

गुगलपाटी संवाददाता हेटौँडा
१० माघ २०७५ ११:२०

हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि को कमाने सेवाकेन्द्र हेटौंडा ८ ले सञ्चालनको पहिलो महिनामा १ करोड ४ लाखको कारोवार गर्न सफल भएको छ । यहि पौष ९ गते देखी सञ्चालनमा आएको सो सेवाकेन्द्रमा सो अवधीमा ५ सय भन्दा बढी सदस्यहरुले सेवा लिएका छन भने ७० जना नयाँ सदस्य थपिएका छन्।

मोवाईल बैकिङ रेमिटेन्स लगायत सम्पुर्ण बित्तिय सेवा सो सहकारीले सदस्यहरुलाई दिंंदै आईरहेको कमाने सेवा केन्द्रका प्रमुख सुशिल सुवेदीले बताउनुभयो । सहकारीको कमाने क्षेत्रमा करिव १२०० शेयर सदस्यहरु रहेका छन् ।

नयाँ शेयर सदस्य थप गर्नु मात्र नभई हाल भै रहेका शेयर सदस्यहरुलाई सहज र सुबिधा सम्पन्न बित्तिय कारोवार उपलब्त्र गराउनको लागी कमानेमा सेवा केन्द्र सञ्चालन गरिएको सुवेदीले बताउनुभयो । सेवाकेन्द्रबाट अव छिट्टै नै ऋण लगानीको समेत ब्यबस्था हुने समेत उहाले बताउनुभयो ।