लागुऔषधका खाली बोतलले पनि असर गर्छ
गुगलपाटी संवाददाता हेटौँडाउपमहानगरपालिकाको वडा नं ९ र ८ को समन्वय मा वडा नं ९ र वडा नं ८ को जोखिम क्षेत्र मा ड्रग्स सिरीन्ज मेनेजमेन्ट क्याम्पेयनले संचालन गरेको सिआन पुनस्थापन केन्द्रले हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा बिहिबार सुई सिरिन्ज लगायत अन्य लागुऔषधका खालि बोतलहरु संकलन गरेको छ ।
उक्त क्याम्पियनबाट प्रयोग गरेर जथाभावी फालेका सुई सिरिन्ज र अन्य लागुऔषधका सामानहरु जम्मा गरेको छ । यस वस्तुले शहर वस्तीका हरेका मानिस तथा जनावरलाई समेत नराम्रो असर पर्ने अभियान कर्ता संचालक सौजन डिसिले जानकारी दिए । उनका अनुसार यो अभियान अझै केहि दिन चल्ने र त्यस पछि त्यस क्षेत्र मा प्रहरिले निरिक्षण गरिरहने हो भने यस जोखिम बाट हामि सबै सुरक्षित रहन सक्छौ।’
पहिलो दिनको संकलनमा नै ३ बोरा सिरिन्ज, डाईजेपाम, फेनारगन र अन्य संकलन भएको छ। नगर क्षेत्रको सबै वडाहरु सँग समन्वय गरेर यो समस्याको पहिचान र समाधानको लागि सरकारी निकायलाई आग्रह गर्ने डिसिले बताए ।
यी वस्तुहरुले मानवलाई के कति असर गर्छ भनेर सन्देश र जनचेतना मुलक कार्यक्रम गर्नु पर्ने आवश्यक्ता रहको र यो विक्राल समस्यालाई सके रोकथाम वा न्युनिकरण गर्ने सिआन को उद्देश्य हो। यो अभियानलाई वडा नं ८,९,१ र १५, का पत्रकार र नेपाल प्रहरीले सहयोग गरेको थियो ।