६ महिनामा १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा

गुगलपाटी संवाददाता काठमाडौं
११ माघ २०७५ ०६:४२

चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आईएमई बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा २५ करोड बढी हो ।

अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा ९७ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट १ अर्ब १२ करोड रुपैयाँ नै हुन्छ ।

वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले १ खर्ब १३ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।