हालसम्ममा ६३ जिल्ला खुला दिसामुक्त
गुगलपाटी संवाददाता काठमाडौँसरकारले शुरु गरेको खुल्ला दिसा मुक्त अभियानमा सम्म ६३ जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर सोलुखुम्बु र दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।