शिक्षा विधेयक २०७५ पारित
गुगलपाटी संवाददाता काठमाडौंप्रमुख प्रतिपक्ष दल नपाली काँग्रेसका सांसदहरुको अवरोधकैबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ ।
संसदमा प्रतिपक्षको चर्को विरोध भइरहेको समयमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले उक्त विधेयक पेश गरेका थिए ।
मन्त्री पोखरेलले पेश गरेको विधेयक सभामुखले छलफलका लागि प्रस्तुत गरेका थिए । तर छलफलमा कोही सांसदले बोल्न नचाहेपछि निर्णायर्थ प्रस्तुत गरिएको विधेयक बहुमतले पारित भएको हो । अर्को संसद बैठक माघ १७ गतेलाई डाकिएको छ ।