नेपालको दोस्रो जित

गुगलपाटी संवाददाता काठमाडौं
११ माघ २०७५ ११:०१

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाललाई यसपटक पनि सफलता हासील गरेको छ। १ सय १४ रनको लक्ष्य जोगाउने प्रयासमा रहेको नेपालका करण केसी र सोमपाल कामीले १÷१ विकेट लिए । करणले यूएईका ओपनर अशफाक अहमदलाई एलबिडब्लू आउट गरेका हुन् । सोमपालले अर्का ओपनर चिराग सुरीलाई बसन्त रेग्मीमार्फत क्याच गरेका हुन् । पाँच ओभर सकिँदा यूएई १३–२ को अवस्थामा छ ।

यसअघि नेपालले १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बलिङमा राम्रो गरे पनि ब्याटिङमा सधै समस्या झेल्दै आएको नेपालले शुक्रबार ब्याटिङ लाइनअफमा केही परिवर्तन गरेको थियो । मध्यक्रममा ब्याटिङ गर्ने विनोद भन्डारीलाई ओपनरका रुपमा पठाएको नेपालले सोमपाल कामीलाई पनि टु डाउन मा ब्याटिङ गराएको थियो ।

त्यस्तै पहिलो पटक राष्ट्रिय टोलीमा परेका पवन सर्राफलाई डेब्यू गराएको थियो ।तर ब्याटिङमा नेपालको कुनै पनि रणनीति प्रभावकारी देखिएन । नेपालले ३४ ओभरसम्म मात्र खेल्न सक्यो । दुबईस्थित अइसिसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ३३.५ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो ।