३० करोडको लागतमा औषधी उद्योग स्थापना
गुगलपाटी संवाददाता वीरगञ्जबाराको प्रसौनीमा ३० करोडको लागतमा अत्याधुनिक औषधि उद्योग स्थापना हुने भएको छ । बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ३ नौतनमा स्थित ग्लोबल फार्मास्युटिकल्स प्रालिले ३० करोडको लागतमा औषधि उधोग स्थापना गर्ने लागेको हो ।
उक्त उद्योगको प्रसौनी गाउपालिकाका अध्यक्ष भोला गुप्ताले एक समारोहका बीच सिलन्यास गरिएको र उद्योग स्थापनाका लागि डेढ बिघा जमिन किनिएको उद्योगी ओमप्रकाश सरार्फले जानकारी दिए ।
उद्योग सञ्चालनका लागि पहिलो चरणमै १ सय ६० कर्मचारी आवश्यक पर्ने र दुई वर्ष भित्र उद्योग स्थापना भइसक्ने उनले बताए ।