स्थानीय पत्रपत्रिकाः जनप्रतिनिधिलाई कानुन सिकाइँदै
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विषयालई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । जनप्रतिनिधिले कानुन बुझ्नु जरुरी, प्रदेश ३ मा ३ सय ९४ जना कुष्ठरोगीको विरामी रहेको तथ्याङ्क सार्वजनिक, सरकारले देशलाई नेकपाकरण गर्दै गरेको नेपाली काँग्रेसका नेताको आरोप, न्युनतम पारिश्रमिक माग गर्दै पत्रकार महासंघले मकवानपुरका सञ्चारगृहमा ज्ञापनपत्र बुझाएकोलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापिएका छन् ।
न्याय सम्पादनमा अब्बल बनाउने उद्देश्यले जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुरका १० वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीलाई तालिम दिन सुरु गरेको छ । आजको हेटौंडा सन्देश दैनिकले यो समाचार लेखेको छ । दुईदिने पुनर्ताजगी तालिमपछि १० वटै स्थानीय तहका वडा अध्यक्षहरुलाई तालिमको आयोजना गर्न लागिएको समन्वय समितिले जनाएको छ ।
हेनुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ