विश्व साइकलयात्री भन्छन्ः सरकारले बेवास्ता गर्दा अष्ट्रेलियामा भाँडा माझ्न गएँ
गुगलपाटी संवाददाताहेटौंडा–९ वर्षअघि विश्व साइकल यात्रा पूरा गरी गिनिज बुकमा नाम लेखाएका पुष्कर शाहले आफूलाई नेपाल सरकारले बेवास्ता गरेको भन्दै दुखेसो गरेका छन् । सोमबार हेटौंडा आइपुगेका शाहले पत्रकारहरुसँग कुरा गर्दै सरकारले बेवास्ता गर्दा अष्ट्रेलियामा भाँडा माझ्न बाध्य भएको बताएका हुन् ।
विश्व साइकल यात्रीले अष्ट्रेलियामा भाँडा माझ्दै गरेको भन्दै समाचार केही समय बाहिर आएको थियो । उनले आफूले पेट पाल्नको लागि भाँडा माझ्न बाध्य भएको प्रतिक्रिया दिए । ‘पेट पाल्नै प¥यो, पेट पाल्नको लागि म अष्ट्रेलियामा भाँडा माझ्न गएको हुँ, म राम्रो भाँडा माझ्छु ।’ शाहले पत्रकारहरुसँग भने ।
देशको शीर उँचो बनाउनको लागि आफूले उर्जाशील समय खर्च गरेको तर, सरकारले त्यसको मूल्यांकन नगरेको उनको भनाइ थियो । ‘दिनभर खेत जातेर गोठमा आएको गोरुले सुकेकै भए पनि घाँस खान पाउने आशा गर्छ ।’ उनले आफ्नो प्रसङ्ग कोट्याउँदै भने–‘म एकसय ५० देश साइकलमा घुमेर फर्किएँ, देशको झण्डा बाकेर दशौं वर्ष दौडिएँ तर, आफ्नै देशमा कामको मूल्यांकन भएन ।’ उनले भने ।
दोलखाको एउटा सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका पुष्कर शाहलाई सबैले विश्व साइकल यात्रीका रूपमा चिन्छन् । शान्ति तथा सहअस्तित्वको सन्देश लिएर उनले विश्वका १५० मुलुकको यात्रा गरे ।
उनले १ अगस्त १९९८ मा यात्रा आरम्भ गरी १७ मे २०१० मा सगरमाथा चढेर आफ्नो विश्व साइकल यात्रालाई बिट मारेका थिए । यसक्रममा उनले २ लाख २१ हजार किमी दुरी पार गरेका थिए ।
भूमध्येरेखाबाट नाप्दा उनले पार गरेको दूरीले संसार पाँच फन्को मार्न यस्तै उनले यात्राका क्रममा सधैँजसो डायरी लेखे, टिपोट गरे, त्यसैमा आधारित भएर पछि किताब पनि समेत निकाले ।