३ नम्बर प्रदेशको अर्ध वार्षिक समिक्षा हेटौंडामा

गुगलपाटी संवाददाता हेटौंडा
१५ माघ २०७५ ०७:१५

चालु आर्थिक बर्षको चालु र पुँजीगत खर्चको समीक्षा कार्यक्रमको आयोजना प्रदेश नम्बर ३ ले गरेको छ । मंगलबार हेटौँडामा चालु आव पहिलो छ महिनाको खर्चको समीक्षा कार्यक्रम सञ्चालन भैरहेको  जनाएको छ ।

कार्यक्रममा भुमि व्यवस्था सहकारी मन्त्रालय, आन्तरिक मामिला, कानुन मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले आ–आफ्नो मन्त्रालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरिसकेको बताएका छन् ।

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अन्यमन्त्रालयका सचिवहरुको उपस्थिति कार्यक्रममा देखिन्छ ।
अहिले प्रदेशको चालु आवको प्रगती र समस्या बारे छलफल भईरहेको कार्यलयले जनाएको छ ।