स्थानीय पत्रपत्रिकाः प्रदेश ३ को पहिलो सार्वजनिक बिदामै बिवाद
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विषयालाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।
प्रदेश ३ सरकार गठन भएको एक वर्षको अवधिमा पहिलो पटक निर्णय गरेको सार्वजनिक विदामा विाद भएको छ । एक साताअघि मन्त्रिपरिषद् बैठकले शहीद दिवसमा बिदा दिने घोषणा गरे पनि बिदा तोकिएको एकदिनअघि नै विदा भएको हो ।
प्रदेश ३ भित्र संघीय राजधानी काठमाडौं पनि पर्ने भएकाले संघीय सरकारले प्रदेशको विदा मान्ने कि नमान्ने भनेर बिवाद भएको हो । संघीय सरकारको गृह मन्त्रालयले बिदा स्वीकारेको छैन ।
काठमाडौं महानगरपालिकाले भने बिदा दिने भएको छ । प्रदेशभित्रका शैक्षिक स.स्था, बैंक तथा प्रदेश मातहतका कार्यालय भने बन्द हुनेछन् आज । आजको हेटौंडा सन्देश दैनिकले समाचार छापेको छ ।
त्यसैगरी प्रदेश ३ को ६ महिनाको बित्तीय प्रगति जम्मा ६ प्रतिशत मात्र, हेटौंडालाई व्यवस्थि शहर बनाइँदै, ८ महिनामा मकवानपुरबाट एक सय १६ जना लागूऔषध कारोबारी पक्राउविद्यालयका छात्रालाई सेनेटरी प्याड वितरणलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ