मुख्यमन्त्री छाड्न मलाई समस्या छैन : पौडेल
गुगलपाटी संवाददाता हेटौंडा,१६ माघतीन नम्बर प्रदेश सरकारले सहिदहरुलाई सम्झिएर सहिद दिसव मनाएको छ । सहिद दिवसको दिन आज प्रदेशभर सार्वजनिक बिदा दिएको सरकारले एक कार्यक्रमको आयोजना गरी हेटौंडा ११ स्थित सहिद स्मारकमा सहिद दिवस मनाएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सहिद स्मारक गेटबाट र्याली सहित सहिद स्मारमा एउटै ढुङ्गामा कुँदिएको सहिदहरुको प्रतिमामा माल्र्यापण गरेर सहिद दिवस मनाइएको हो ।
माल्यार्णपणपछि प्रवचन कार्यक्रममा बोल्दै तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफुलाई मुख्यमन्त्रीको पद छाड्न कुनै समस्या नरहेको बताए । सहिदहरुको योगदाले आएको परिवर्तनलाई संस्थागत गरेर आर्थिक समृद्धिको बाटोमा अघि बढ्नु आफुहरुको कर्तब्य भएको पौडेलको भनाई छ ।
कार्यक्रममा बोल्दै तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले सुशासन र आर्थिक समृद्धिको अभियानमा प्रदेश सरकार अघि बढेको बताए । कार्यक्रममा तीन नम्बर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग,वन बातावरण तथा पर्यटन मन्त्री अरुण नेपाल, मुख्य न्यायधिवक्ता सुर्यचन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।