मुख्यमन्त्रीको पद त्याग्न मलाई समस्या नहोला तर, स्मारक विकास समिति त्याग्न म सक्दिनँ:- मुख्यमन्त्री पौडेल
गुगलपाटी संवाददाता हेटौंडासहिद दिवसको अवसरमा आज हेटौँडाको सहिद स्मारकमा भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलले सहिदको बलिदानकै कारण नेपाल वर्तमान अवस्थासम्म आईपुगेको बताएका छन् । प्रदेश सरकारको आयोजनामा बुधबार हेटौंडामा शहीद दिवसको सन्दर्भ पारेर आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मुख्यमन्त्री पौडेलेले आफ्नो नेतृत्वमा देशमै नमुना शहीद स्मारक हेटौंडामा निर्माण गरेको कारण आफू त्यसको नेतृत्व छाड्न नसक्ने दावी गरेका छन्। मुख्यमन्त्री पौडेलले भने, ‘मुख्यमन्त्रीको पद त्याग्न मलाई समस्या नहोला तर, स्मारक विकास समिति त्याग्न म सक्दिनँ।’,
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अव सहिदको सपनालाई गणतन्त्र नेपालको सरकारले पुरा गर्नुपर्ने दायित्व रहेको समेत बताए । आज विहान स्मारक गेटबाट र्याली सहित सहिद स्मारक पुगेर सहिद प्रतिमामा माल्यार्पण गरेपछि कार्यक्रम सुरु भएको थियो ।जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलाल तथा शहीद स्मारक सञ्चालक समिति सदस्य रामेश्वर रानालगायतले शहीद दिवसको सन्दर्भमा आफ्नो धारणा राखेका थिए। स्मारकले प्रत्येक वर्ष शहीद दिवसमा प्रभातफेरी तथा प्रवचन कार्यक्रम गर्दै आइरहेको छ। स्मारकमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले शहीदप्रति सलामी समेत अर्पण गरेका थिए।