हेटौँडामा सप्ताहाब्यापी कार्यक्रम सुरु

गुगलपाटी संवाददाता हेटौंडा
१६ माघ २०७५ ०७:३९

हेटौँडाको हुप्र खेल मैदानमा छात्रा भलिवलको शुभारम्भ सहित कार्यक्रमको सुरुवात गरिएको हो । प्याब्सन मकवानपुरको आयोजनामा आज बुधवारबाट हेटौँडामा सप्ताहाब्यापी कार्यक्रम सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सीनाले भलिवल रेफ्रि विनोद श्रेष्ठलाई बल हस्तान्तरण गरेपछि प्रतियोगिता आरम्भ भएको हो ।

प्याब्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन ३ नंबर प्रदेशका बरिष्ट उपाध्यक्ष केशवलाल श्रेष्ठ, प्याब्वसन मकवानपुरका निवर्तमान अध्यक्ष मदन दाहाल लगाएतको आतिथ्यतामा कार्यक्रम भएको थियो । आजै हेटौँडाको ब्रम्हदिप एकेडेमीमा हाजिरिजवाफ प्रतियोगिता समेत हुने छ ।

निजि तथा आवसिय विद्यालयले प्रत्येक वर्ष सप्ताहाब्यापी कार्यक्रमलाई उत्सवको रुपमा मनाउने गरेका छन् ।