दशकौं पछि अमेरिकामा बढ्यो जाडो

गुगलपाटी संवाददाता काठमाडौं
१७ माघ २०७५ ०९:०२

अमेरिकामा दशकौंपछि सबैभन्दा धेरै जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीलको कारण अमेरिकाको मध्यपश्चिम राज्यमा बरफ जमेको छ भने यसलाई ‘पोलर भर्टेक्स’ भनि उल्लेख गरिएको छ ।

पोलर भर्टेक्सका कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य भएका छन् । पोलर भर्टेक्सका कारण तापक्रम माइनस ४० देखि माइनस ७० डिग्री सेल्सियससम्म पुग्ने सक्ने मौसम विभागले चेतावनी दिएको छ ।

विद्यालय, व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालयहरु बन्द छन् । मध्यपूर्व राज्यमा सयौंको संख्यामा उडानहरु रद्द भएका छन् । शिकागो शहरको तापक्रम शून्यदेखि ३० डिग्री सेल्सियस भन्दा पनि कम रहेको छ । शिकागोमा नदीसमेत जमीरहेको छ । शहरका मेयरले घर बाहिर ननिस्किन शहरबासीलाई अपिल गरेका छन् ।