स्थानीय पत्रपत्रिकाः ६ महिनामा १६२ जनामा एचआइभी
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।
प्रदेश ३ मा एक वर्षमा २४ वटा मात्र कानुन निर्माण भएको, अझै७५ वटा कानुन बन्न बाँकी, सांसद बानियाँले गाउँमा पुगेर कम्बल बाँडेको, मकवानपुरका वडाअध्यक्षहरुले संघीयता कार्यान्वयनमा अवसर र चुनौती दुवै रहेको बताएको, क्रसरको कारण पक्की पुल धरासायी बन्दै गरेकोलगायतका समाचार आजका पत्रिकाले छापेका छन् ।
प्रदेश नम्बर ३ मा ६ महिनाको अवधिमै एक सय ६२ जनामा एचआई पोजेटिभ भेटिएको समाचार आजको समृद्ध समाज दैनिकले पहिलो पृष्ठमा छापेको छ । चालु आबको ६ महिनाको अवधिमा यतिको संख्यामा एचआइभी संक्रमित भेटिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपालमा २५ वर्षदेखि एचआईभी न्युनीकरणको क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट काम भइरहे पनि न्युनीकरण हुन सकेको छैन । गत आर्थिक वर्षमा प्रदेश ३ मा ७ सय १५ जनामा एचआइभी पोजेटिभ भेटिएको थियो ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ