प्रदेश नं ३ को सरकारद्वारा सार्वजनिक बिदाको तयारी

गुगलपाटी संवाददाता हेटौँडा
२० माघ २०७५ ०६:४४

तामाङ जातीको बाहुल्यता रहेको प्रदेश नंबर ३ मा तामाङहरुको महत्वपूर्ण
पर्व ल्होछारको अवसरमा सार्वजनिक विदा दिने तयारी गरेको छ । आउँदो माघ २२ गते पर्ने २८५५ औँ सोनामा ल्होछारको अवसरमा प्रदेश नंबर ३ कासरकारले सार्वजनिक बिदा दिने तयारी गरेको हो । सञ्चारकर्मीलाई प्राप्त जानकारी अनुसार ल्होसारको अवसरमा बिदा दिने अन्तिम तयारी भैसकेको र अब चाँडै मन्त्रीपरिषदको बैठक बस्ने र बिदा दिने तयारी छ ।