राक्सिराङले पनि दियो ल्होसारमा बिदा

गुगलपाटी संवाददाता
२० माघ २०७५ ०७:२५

हेटौंडा– पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघ २२ गते मनाइने २८५५ औं सोनाम ल्होसारको अवसरमा कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुक्रबार एक सूचना प्रकाशित गरी उक्त दिन गाउँपालिकाभित्रका सबै शिक्षण संस्था तथा सरकारी कार्यालयमा सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

तामाङ जातीको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा उनीहरुको पर्वलाई मध्येनजर गरी बिदा दिइएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउापालिकाले पनि उक्त दिने बिदा दिने घोषणा यसअघि नै गरिसकेको छ ।