गोला प्रथाबाट छोरा प्राप्त
गुगलपाटी संवाददाता पथलैयाएउटा सानो कबाड पसलका मालिक गुड्डुबाबु चौधरी । सिमराको सडक ६ लेनको बनाउने भनेर अहिले बाटो अस्तब्यस्त छ ।
उनका पसलमा पुग्दा उनी आफ्नो पसलबाहीर ‘अब बाटोमा डोजर लाग्छ’ भन्ने सुनेर छरिएका पुराना कबाडी रड उठाउंदै थिए । रौतहटबाट १७ बर्षअघि सिमरा झरेका उनी पुराना फलामे सामग्री किनबेच गरी आफ्नो परिवार गुजारा गरिरहेका छन् । धर्मकर्ममा औधी रुची राख्ने चौधरी बिहान ननुहाई र पुजापाठ नगरी चिया समेत पिउंदैनन् । दश बर्षअघिदेखी सिमरा बजारमा सटर भाडामा लिएर कबाड पसल संचालन गर्न उनी श्रीमती पनि सहयोगी छिन् । उनले १७ बर्षको उमेरमा १५ बर्षकी पुजा देबी गुप्तासंग १४ बर्षअघि बिहे गरेका रहेछन् । उनका पांच दाजुभाई मध्ये २ दाजु दन्त बिभागका डाक्टर छन्भने बांकी ३ यही पेसामा संलग्न छन् ।
‘दुई दाईहरु पढेर डाक्टर भए, मैले पढन सकिन’, उनले पुराना दिन सम्झिदै भने, ‘फरक फरक ठाउमा भएपनि हामी तिन दाजुभाई चैं एउटै खाले पेसामा गछौं ।’ महिनाको करिब ३० हजारसम्म कमाउने चौधरीलाई बिहे गरेयता एउटै मात्र शोक थियो छोराछोरीको । बिहे भएको १४ बर्षसम्म कुनै दम्पत्तीको बच्चा नहुनुलाई समाजले अप्राकृतिक कारण नै मान्छ । उनका सबै दाजुभाईका छोराछोरी भइसक्नुले पनि उनी थप तनाबमा थिए । सबैजनाले ब्यवसाय भन्दापनि त्यही कुरा सोध्ने , ‘बालबाचा काहे नैखे भइल ?’ उनले दुःख मान्दै भने,
’हामीलाई हाम्रो परिवार भन्दापनि समाजको डर थियो, बालबच्चा नभएकालाई रामा्रे आंखाले हेदैैनन् हाम्रो समाजमा ।’ उनले बालबच्चा हुन नसक्नुको कारणबारे निशंकोच सुनाए । सानै उमेरमा अरुका पसलमा रड बोक्ने काम गर्ने उनलाई हाइडूोसिल भएपछि उनी मृत्युको मुखबाट बचेका रहेछन् । उनले सुनाए , ‘नेपालको अस्पतालमा ज्यान बचाउंन सकिदैन भनेको थियो, तर परिवारले भारतिय अस्पताल पुर्याएर मेरो ज्यान बच्यो ।’ सानै उमेरमा हाइडूोसिलको समस्या भोगेका उनले अहिले सोही कारणबाट बच्चा हुन नसकेको सुनाउंदै भन्छन् ः ‘तर डाक्टरले बच्चा हुंदैन भनेको छैन, अहिलेपनि औषधी र उपचार गरिरहेको छु ।’ तर अब गुड्डुबाबुलाई बच्चा भएन भन्ने पिर हटेको छ । उनी बाबु बनेका छन् । उनले केही दिन अघि बच्चाको छटियार समेत धुमधामले मनाएका छन् ।
कसरी ‘बुबा’ बने गुड्डु ?
जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित सडक छेउमा १४ फागुनको बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला पर्यो । पथलैयादेखी पूर्वतर्फ रहेको तीन नम्बर पुल नजिक सडक छेउमा ब्यस्त राजमार्गमै शिशु फेला परेपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए । अस्थायी चौकी पथलैयाको टोलीले शिशुलाई उद्धार गर्दै सिमरास्थित अल्पाईन अस्पताल ल्याएपछि बच्चालाई केहीदिन अस्पतालले नै पाल्यो । नवजात शिशु भेटिएसंगै अस्पताल क्षेत्रमा शिशुको पालनपोषणको जिम्मा लिन स्थानियको भिड् लाग्यो । प्रहरीले कलैयास्थित जिल्ला प्रहरी कार्यलयमा रहेको महिला तथा बालबालिका सेलको रहोबरमा ८ बर्षसम्म सन्तान नपाएका पतीपत्नी, पालनपोषणका लागि आर्थिकरुपले सक्षम लगायत मापदण्ड पुरा गरेका ब्यत्तिलाई शिशु जिम्माउन लगाउने तयारी गरेपछि बच्चा माग्न प्रहरी प्रशासनकै उच्च ओहदाका ब्यत्तिदेखी मारवाडी समुुदाय र उच्च कुलघरानका सम्म प्रहरीसंग लबिंंगमा लागे । अन्ततः प्रहरीले आवेदन प्रकृयाबाट बच्चा जिम्मा लगाउने निर्णय गरेपछि ४ दर्जन बढी लिखित आवेदन पर्यो ।
जसमा गुड्डुले पनि फेसबुकबाट बच्चाको बारे थाहा पाएर आवेदन दिन पुगे । आवेदन दिएकाबाट प्रहरीले गोलाप्रथाबाट बच्चा जिम्मा लगाउने तयारी गर्यो र गढीमाईको फोटोलाई साक्षी राखेर सिडियो कार्यालयको परिसरमा बच्चा कसलाई दिने भन्नेमा प्रहरीले चिठ्ठा गर्यो । अन्ततः गुड्डुबाबुको काखमा बच्चाले आफ्नो भबिष्या खोज्ने निधो गर्यो र बच्चा उनैलाई पर्यो । ११ दिनअघि भेटिएको शिशुले २५ फागुनको सांझमा बिभिन्न प्रकृया पुरागरी कर्मदिने बाबु र आमा फेला पार्यो । तर गुड्डुले २६ बिहानमा मात्र शिशु हातमा पाए । उनले सोही दिनलााई जन्मको दिन मानेर ल्याएको छैटौं दिनमा छटियार (न्वारान) धुमधामले गरे र छोराका नामाकरण गरे शिवम कुमार चौधरी । भगवान शिवको आराधना र पुजापाठले उनले छोरो प्राप्त गरेको बताउंछन् ।छोरा प्राप्तीका लागी बिभिन्न स्थानिय मन्दिरमा शिवलींग र हनुमान मन्दिरको निर्माण गरेको उनले भगवानकै बरदानका रुपमा पाएकाले छोराको नाम शिवम राखेको तर्क गर्छन । अहिले उनको दिनचर्यामा शिशुले खुशियाली ल्याएको छ ।
उनकी पत्नी पनि आमा बनेकोमा निकै खुशी छिन् । शिशुतिर देखाउंदै गुड्डुले सुनाए ः हामीले जन्म दिन नसकेपनि शिशु पायौं र म बुबा बने । धेरै नै खुशी छु । उनले आफ्नो छोरालाई चिठ्ठामा पाएको नसुनाउने योजना बनाएको बताउंछन् । ‘मैले मेरो छोरोलाई म भन्दा धेरै ठुलो मान्छे बनाउंछु, तर यो सत्य कहिले पनि भन्दिन, अलि बुझ्ने भएपछि उसलाई पढाउनको लागी ठुलो शहरमा राख्छु ।’ तर एक झुट लुकाउन धेरै झुट थप्पुपर्ने पनि उनलाई थाहा छ, उनले प्रतिप्रश्न गर्दे भने, ‘के गर्दा ठिक होला ? ’
इकृपा खबरबाट