संसद बैठक आजदेखि संचालन हुन दिने

गुगलपाटी संवाददाता काठमाडौं
२० माघ २०७५ ०७:५४

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले संसद बैठक अबरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक आजदेखि संचालन हुन दिने भएको छ ।

कांग्रेसका पूर्वसभापतिको नाममा रहेको अस्पताललाई अहिलेको सरकारले नियतबस खारेज गर्न खोजेकाले आफूहरूले बाध्य भएर संसद बैठक अवरोध गरेको र सरकारले बाध्य भएर निर्णय सच्याएकाले अब बैठक अवरोध नगर्ने उनको भनाई छ ।

कांग्रेसले डा।गोविन्द केसीका माग पनि पूरा गर्नुपर्ने अडान राख्दै आएको छ । संसदमा आफूहरूले दिएको दवाबकै कारण तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले संघीय सरकार मातहत ल्याएको कांग्रेस सांसद बद्री पाण्डेले बताए ।

अबदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठकलाई अवरोध नगरिने उनले जानकारी दिए । संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउसो १ः०० बजे बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ः०० बजेपछि बस्ने गरी बोलाइएको छ ।