नायब सुब्बा कार्की २० हजार घुससहित पक्राउ

गुगलपाटी संवाददाता काठमाडौँ
२० माघ २०७५ ०९:०४

जिल्ला मालपोत कार्यालय, महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । नायब सुब्बा ढकबहादुर कार्कीलाई रु १० हजार घुस लिएको अभियोगमा आयोगले पक्राउ गरेको हो ।

जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको महोत्तरी कार्यालयबाट खटिएको टोलीले रकमसहित पक्राउ गरेको हो ।

नायब सुब्बा कार्कीलाई गौशाला नगरपालिका–१ रामनगरबाट शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।