३ नम्बर प्रदेशमा सोनाम ल्होसारको सार्वजनिक बिदा
गुगलपाटी संवाददाता हेटौंडा२० माघ २०७५ ११:५५
आउँदो माघ २२ गते पर्ने २८५५ औँ सोनामा ल्होछारको अवसरमा प्रदेश नंबर ३ सरकारले सार्वजनिक विदा दिएको छ । ३ नम्बर प्रदेश सरकारले सोनाम ल्होसारका दिन माघ २२ गते मंगलबार बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको माघ ९ गते बसेको बैठकले बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारका दिन ३ नम्बर प्रदेशभर बिदा दिने निर्णयबारे मन्त्रालयले आइतबार मात्रै सावर्जनिक गरेको हो ।