मेरो गाँउ मेरो ठोँउ भिडीयो प्रतियोगितामा जित्नेलाई एक लाख
गुगलपाटी संवाददाता हटौंडानेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग गर्ने उद्धेश्यका साथ देशका नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज अभियान जारी रहेको छ । वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्जको घोषँणा गरेको हो ।
आज हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरि आयोजक सस्थाका फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले कार्यक्रमले नेपालको पर्यटनलाई सघाउ पुर्उने बताए ।
देशैभरबाट प्रचारमा नआएका, नयाँ र ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको श्रेष्ठले बताए । ‘पर्यटकीय क्षेत्रको सम्भावना भएर पनि अगाडि आउन नसकेका विषय, कुनै जात, जातीको पहिचान, संस्कृति वा स्थान विशेषका गतिविधिको प्रवर्द्धन गर्न फाउन्डेसनले देशैभरबाट पाँच मिनेटसम्मको भिडियो संकलन गर्नेछ’, श्रेष्ठले भने यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवर्द्धनका निम्ति अगाडि सारेको छ।
पत्रकार सम्मेलनमा बोल्दै सस्थाका अनुप बरालले कार्यक्रमले नेपालको पर्यटन क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने बताए । नेपालामा धेरै पर्यटकीय क्षेत्रहरु रहेका छन तर त्यसको प्रचार नहुँदा ओझेलमा परेको छ उनले भने त्यस्ता गन्तब्यको समेत उजागर हुने हामीले आशा गरेका छौ । पत्रकार सम्मेलनमा बोल्दै पत्रकार रोजिता बुद्धाचार्यले यो अभियानले नेपालको पर्यटन क्षेत्रमा योगदान दिने बताईन् ।
चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला/संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ। भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाउँठाउँ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ ।
पत्रकार सम्मेलनमा चर्चित कलाकार निर्मल शर्मा, १३ पटकसम्म सगरमाथा आरोहण गर्ने फुर्वा तेन्जिङ शेर्पा, पत्रकार महासंघ प्रदेश नंबर ३ का अध्यक्ष प्रताप विष्ट, पत्रकार मुकुन्द वोगटी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमगाई लगाएतको आतिथ्यता रहेको थियो ।
यस्तो छ भिडियो च्यालेन्ज अभियान :
देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।
कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ ।