डिजल चोरी गर्ने चारजना पक्राउ

गुगलपाटी संवाददाता मोरङ
२१ माघ २०७५ ०७:१०

४ सय लिटर डिजल चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नागरिक उड्डयन कार्यालय विराटनगरबाट चोरी गरेको हो । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका(४ का १८ वर्षीय मुकेश यादव, २२ वर्षीय अमित यादव, १९ वर्षीय रामचन्द्र यादव र विराटनगर विमानस्थलमा चौकीदारको रूपमा कार्यरत ४८ वर्षीय भोला यादव रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरूमध्ये नागरिक उड्डयन कार्यालयका चौकीदार भोलाले उक्त स्टोरमा डिजल रहेको सूचना दिने गरेको, मुकेशले र अमितले उक्त डिजल नजिकै रहेको गाढामा राखी रातको समयमा नागरिक उड्डयन कार्यालयको पश्चिमतर्फको सिमानामा पुर्याकएको तथा रामचन्द्रले डिजल चोरी गर्ने क्रममा सहयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनास्थलमा लुकाएको अवस्थामा ९० लिटर डिजेल समेत प्रहरीले बरामद गरेको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।