बकैयामा ल्होछार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न
गुगलपाटी संवाददाता हेटौंडाहेटौँडा,पूर्वी मकवानपुरको बकैया गाउँपालिका श्रीपुरको टासी फुन्चोक लिङ गुम्बाको प्रांगणमा ल्होछार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ बकैयाको आयोजनामा शनिबार भएको सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
तामाङ समुदायको महान राष्ट्रिय पर्ब मन्जुश्री सम्बत २८५५ फागरड्वा ल्हो ( बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा प्रदेश नम्बर तिनका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो । सोनाम ल्होछारको प्रबर्द्धन, हाम्रो सास्कृतिक सरोकार, तामसालिङ प्रदेश निर्माणमा हाम्रो राजनीतिक आधार भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बकैया गाउँपालिकाको १२ वडाहरुबाट घेदुङको वडा इकाई कमिटिहरुको सहभागितामा ल्होछार बिशेष सास्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रम स्थल श्रीपुर गुम्बा प्रांगणमा आफ्नो मौलिक भेषभुषा सहित स्थानीयको बाक्लो सहभागी थियो ।
सांस्कृतिक कार्यक्रममा गायक तथा संगीतकार अशोक तामाङ, प्रतिक ब्लोन, बबिता पाख्रिन, मनोज बल, सोयल लामा थिङ र हिमाल लुङ्बा लगायतले सास्कृतिक मनोरन्जन दिएका थिए ।
कार्यक्रममा नेपाल तामाङ् घेदुङको संघिय सदस्य सुनिल मोक्तान, बकैया गाउपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, नेपाल तामाङ् घेदुङ मकवानपुरको अध्यक्ष लिलाकुमार घलान, गुम्बा बिहार महासघको केन्द्रिय सचिब दिपक दोर्जे लामा, गुम्बा बिहार कै गाउपालिका अध्यक्ष भक्त बहादुर ब्लोन, तामाङ् घेदुङको हेटौँडा नगर सचिब सुबास घिसिङ, टासी फुन्चोक लिङ गुम्बाको अध्यक्ष लाल सिं घलान, तामाङ उत्थान समाजको सस्थापक सल्लाहकार दल बहादुर वाइबा लगायतको अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।कार्यक्रममा बकैया डन्सिङ स्टारका आशिक भोम्जन, सिङ्गिङ स्टारका आशा थिङ् लगायत स्थानीय कलाकारहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम नेपाल तामाङ घेदुङ बकैया गाउँपालिको अध्यक्ष निरु थिङ तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो । यसै बीच बकैया गाउँपालिकाको कार्यपालिका बैठकले तामाङ समुदायको सास्कृतिक पर्वको अवसरमा माघ २२ र २३ गते दुइ दिन बिदाको निर्णय गरेको छ ।आइतबार सूचना जारि गर्दै बकैया गाउँपालिका भरि दुइ दिन सार्वजनिक विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज सापकोटाले बताए ।