महिला प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिका ३, बसामाडीमा दुई दिने महिला प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर शुरु भएको छ । सोमबारबाट शुरु भएको शिविरमा महिलाको पाठेघर, स्तन क्यान्सर लगायतको निःशुल्क परिक्षण भईरहेको छ ।
हेटौंडा उपमहानगरपालिका ३ वडा कार्यालयको आर्थिक सहयोग, नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको प्राविधिक सहयोगमा परिवर्तन सामुदायिक अध्ययन केन्द्र हेटौंडा ३ ले कार्यक्रम आयोजना गरेको हो ।
शिविरको उदघाटन हेटौडा वडा नम्बर ३ का अध्यक्ष रामकुमार पुडासैनीको प्रमुख आतिथ्य तथा परिवर्तन सामुदायिक अध्ययन केन्द्र बसामाडीकी अध्यक्ष मेनुका पौडेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाका प्रमुख मुरारी रैला, टोल विकास संस्था हेटौंडा ३ का अध्यक्ष भीमलाल सिन्तान, वडा सदस्य विमला बर्तौला लगाएतको उपस्थिती रहेको थियो ।