स्थानीय पत्रपत्रिकाः हुकुमी शैलीमा हेटौंडा उपमहानगर

गुगलपाटी संवाददाता
२३ माघ २०७५ ०२:२३

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई पहिलो प्राथमिकताका साथ छापेका छन् ।

हेटौंडाको बुद्धचोकमा जम्मा हुने श्रमिकको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले नछोएको । मकवानपुरको कैलाश गाउँपालिकाको बैकुण्ठ नयाँ पर्यटकीय गन्तव्यको रुपमा अघि बढ्दै, खानीले बस्तीमा असर गरेको भन्दै जनप्रतिनिधिले आपति जनाएकोलगायतका समाचार छापेका छन् ।

त्यस्तै हेटौंडामा भव्य ल्होसार मनाइएको, मकवानपुरका स्थानीय तहविरुद्ध अख्तियारमा २० वटा मुा परेको समाचार पनि छापिएको छ । हेटौंडा उपमहानगर हुकुमी शैलीमा अघि बढेको आरोपसम्बन्धी समाचार पनि प्राथमिकतामा छापिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका तत्कालीन उम्मेदवार आनन्दराम पराजुलीले उपमहानगर हुकुमी शैलीमा चलिरहेको भन्दै आपत्ति जनाए । नेपाली काँग्रेस हेटौंडा उपमहानगर सभापति समेत रहेका पराजुलीले उपमहानगरपालिकाका पदाधिकारी जनताको प्रतिनिधि भन्दा पनि पार्टीको प्रतिनिधि भएर काम गरिरहेको आरोप लगाएको समाचार आजको हेटौंडा सन्देशले छापेको छ ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ