शैक्षिक हड्तालका कारण पढाई प्रभावित

गुगलपाटी संवाददाता
२४ माघ २०७५ ०३:३८

हेटौंडा– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेपछि आज विद्यार्थीको पढाई प्रभावित भएका छन् ।

धेरैजसो निजी विद्यालयले आज छुट्टी दिएका छन् । केही सरकारी विद्यालयले भने हड्तालको प्रवाह नगरी विद्यालय चलाउने बताएका छन् ।

विद्यालय बन्द हुँदा लाखौँ बालबालिकाको पढाइ प्रभावित भएको छ । संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको संगठनले जनाएको छ ।