सांसदहरुले गरे सरकारको चर्को आलोचना

गुगलपाटी संवाददाता काठमाडौं
२४ माघ २०७५ ११:२६

प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकमा बाल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डेलगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदूत नियुक्तिको कामलाई अघि बढाइएको भन्दै आपत्ति पनि जनाए । सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदूत नियुक्त गर्ने गरेको उनको आरोप छ ।

समितिकी अर्का सदस्य पुष्पा भुसालले मुलुकको विदेश नीति कमजोर रहेको दावी गरिन् । उनले मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदूत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।