स्थानीय पत्रपत्रिकाः काउली बन्दा बाकेर घरघरमै पुग्न थाले किसान

गुगलपाटी संवाददाता
२५ माघ २०७५ ०२:२१

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्राथमिकताका साथ समाचार बनाएर छापेका छन् ।

कृषिको बजारीकरण र उत्पादनमा गैरआवासी नेपालीको चासो, प्रदेश मन्त्रीलाई आचारसंहिता, राजमार्गको होटलको भान्छा सधैं फोहोर, युवा स्वरोजगारमा प्रदेशको प्रतिवद्धता, काउली बन्दा बाकेर उपभोक्ताको घरघरमा पुग्दै किसानलगायतका समाचार प्राथमिकताका साथ छापिएको छ ।

थोक बजारमा उचित मूल्य नपाएपछि मकवानपुरको हाँडीखोलाका किसान काउली बन्दासहित हेटौंडाको आवासीय क्षेत्रमा पुगेर आफैं बिक्री गरिरहेको समाचार आजको समृद्ध समाज दैनिकले छापेको छ ।

१०दिनदेखि हाँडीखोलाका किसानहरु एपभोक्ता खोज्दै घरघर पुगेका हुन् । मनहरी गाउँपालिका–३ का उद्धव मल्ल, उत्तम बिडारी, गणेश प्रजा र तोयानाथ हुमागाईले मिलेर आफ्नो खेतमा उत्पादन भएको बन्दा काउली घरदैलो डुलाएर बिक्री गरिरहेका छन् ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ