यातायात व्यवसायीको दादागिरी सकियो, देशभरी रुट परमिट खुला

गुगलपाटी संवाददाता काठमाडौं
२३ चैत्र २०७४ १०:३९

देशभरका सडकमा रुट परमिट खुलाउन यातायात कार्यालयहरुलाई विभागले निर्देशन दिएको छ । सिन्डिकेटविरुद्ध उभिएको यातायात व्यवस्था विभागले आज सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको हो ।

यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन निर्देशन दिएको विभागले जनाएको छ ।

आज मातहतका कार्यालयहरुलाई परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले जानकारी दिएका छन ।

अब कुनै पनि रुटमा सवारी इजाजत जारी गर्न सरकारका पक्षबाट नरोकिने कार्यालयले जनाएको छ ।
विभागको निर्देशन अटेर गरे कार्यालय प्रमुखलाई विभागीय कारवाही गरिने विभागले चेतावनी समेत दिएको छ ।