प्रेम कति प्रकारका हुन्छन् ?

गुगलपाटी संवाददाता काठमाडौं
२५ माघ २०७५ ०६:३४

भ्यालेन्टाइन डे नजिकिँदै गर्दा प्रेमको चर्चा पनि चुलिँदै गएको छ। प्रेम कति प्रकारका हुन्छन् भन्ने विषयमा सबैका आ(आफ्ना तर्क हुन सक्छन्।तर आज प्रकाशित साप्ताहिकले भने सात प्रकारका प्रेमको व्याख्या छापेको छ।

रमाइलो प्रेम
यस्तो प्रेमलाई सबैभन्दा खतरनाक मानिन्छ। रमाइलो प्रेमले तत्कालभन्दा पनि दीर्घकालमा समस्या निम्त्याउँछ। विवाहेत्तर सम्बन्धलाई रमाइलो प्रेमको उपमा दिइन्छ।

दीर्घकालीन प्रेम
सुख–दुःख तथा सहज–असहज परिस्थितिमा एक-अर्कालाई साथ दिने मायालाई आजीवन माया भनिन्छ। यस प्रकारको प्रेम विवाहपछि जीवनपद्धतिसँग जोडिन्छ।

चन्चले प्रेम
यसलाई देखासिकी प्रेम पनि भनिन्छ। भर्खरै टिन एजमा प्रवेश गरेका जोडी अर्काको देखासिकीमा यस्तो प्रेममा पर्छन्। संसार रंगीन छ भने सोच्नेहरू यस्तो प्रेममा हुन्छन्रु

प्रेमिल प्रेम
भावनात्मक रूपमा नराम्रो, वरपर केही विचार गरिँदैन।

एकतर्फी प्रेम
यो कुनै व्यक्तिप्रति आकर्षित भएर उक्त व्यक्तिको धारणा नै नबुझी हुने प्रेम हो।

स्वार्थी प्रेम
यो कुनै पनि स्वार्थका लागि नाटकका रूपमा गरिने प्रेम हो। यस्तो प्रेम आफूले चाहेको फाइदा लिइसकेपछि आफैं टुछ्छ।