सहकारीका अध्यक्ष हेडा, म्यानेजर र कर्मचारी पक्राउ

गुगलपाटी संवाददाता बिराटनगर
२५ माघ २०७५ ०६:४५

गत पुस २७ गते सहकारी कार्यालयबाटै हुण्डीमार्फत आएको ६९ लाख ७५ हजार ६ सय रुपैयाँसहित प्रहरीले सहकारीका अध्यक्ष हेडा, म्यानेजर दीपक कर्ण र कर्मचारी सुमित साहलाई पक्राउ गरी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीसमक्ष बुझाएको थियो । तर, उनीहरु धरौटी बुझाएर छुटिसकेका छन् ।

अनुसन्धान कार्यालयबाट ७० लाख धरौटीमा छुटेका सञ्चालक हेडाले बचत फिर्ता लिन आएका कटहरी-२ आदर्श टोलका सुवास यादव र उनका बुबा राजु यादवको बचत फिर्ता नगरी धम्की दिएको पीडितको गुनासो छ । ‘जे सक्छस् त्यही गर, अहिले पैसा दिन्न भन्छन् ‘सुवास भन्छन्, ‘बचत फिर्ता माग्न जादा कुटुँलाझै‌ गरेर धम्क्याउँछन् ।’

एक महिनायता बचत बापतको रकम फिर्ता गर्न धाइरहे पनि नदिएको उनको गुनासो छ ।

अटो रिक्सा चलाउने सुवास र चिया बेच्ने उनका बुबा राजुले हेडाको सहकारीमा दैनिक बचत गर्दै आएका थिए । तर, सहकारीका सञ्चालक नै हुुण्डी कारोवारमा मुछिएपछि बचत बापतको १ लाख रुपैयाँ फिर्ता माग्न उनीहरु सहकारी सञ्चालकसमक्ष पुगेका हुन् ।

तर, आफैंले जम्मा गरेको रमक माग्दा धम्की दिने गरेको सुवासले अनलाइनखबरलाई बताए । ‘ब्याज दिनुपर्दैन बचत मात्र फिर्ता दिनुहोस भन्दा पनि मान्दैनन्’ यादवले भने ‘१० प्रतिशत काट्छु भन्छन् ।’

सहकारीमा सुवासको ६५ हजार ५ सय र राजुको ३५ हजार १०० रुपैयाँ वचत छ । एक वर्षे फिक्स डिपोजिट बचत भएका कारण फिर्ता गर्न नमिल्ने आस्था नेपाल बहुदेश्यी सहकारीका अध्यक्ष राजेशकुमार हेडा बताउँछन् ।

फिक्स डिपोजिटको रकम अगाडि नै लगे १० प्रतिशत शुल्क काट्ने र ब्याज पनि नदिने उनले बताए । ‘समय अवधि नपुगी निकाल्दा बचतको १० प्रतिशत काटिन्छ’ उनले भने ‘फिक्स डिपोजिट भएकाले समय नपुगी दिन मिल्दैन ।’

हेडाले कसैले नधम्क्याएको बताए । समय नपुगी बचत माग गरे ब्याज पनि नदिने उनले दोहोर्‍याए ।

सहकारीले यसो भन्न पाउँछ ?

सहकारी सञ्चालक हेडाले समयअगावै रकम दिँदा ब्याज नदिने वा १० प्रतिशत रकम काट्ने बताए सहकारीले यस्तो गर्न नपाउने तर्क विज्ञहरुको छ ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल बचतकर्ताको १० प्रतिशत शुल्क काट्न नमिल्ने बताउँछन् ।

‘सहकारीहरुको आफ्नै कर्जा नीति हुन्छ’ पोखरेल भन्छन्, ‘फिक्स डिपोजिट अगाडि नै फिर्ता लिनुपरे बचतको १० प्रतिशत काट्नु गलत हो ।’

सहकारी सञ्चालक हेडाले समयअगावै रकम दिँदा ब्याज नदिने वा १० प्रतिशत रकम काट्ने बताए सहकारीले यस्तो गर्न नपाउने तर्क विज्ञहरुको छ ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल बचतकर्ताको १० प्रतिशत शुल्क काट्न नमिल्ने बताउँछन् ।

‘सहकारीहरुको आफ्नै कर्जा नीति हुन्छ’ पोखरेल भन्छन्, ‘फिक्स डिपोजिट अगाडि नै फिर्ता लिनुपरे बचतको १० प्रतिशत काट्नु गलत हो ।’