१० लाख मागेको ठाउँमा एक करोड १० लाख बजेट
गुगलपाटी संवाददातासांसद राजेन्द्र लिङदेनले झापा जिल्लामा १० लाख मागेको ठाउँमा एक करोड १० लाख बजेट पठाइएको खुलासा गरेका छन् । प्रचार भएजस्तो नयाँ बजेट एक रुपैँया पनि नगएको दाबी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिङदेनले नयाँ बजेटको त कुरै छोडौ पुरानो कार्यक्रमका बहुबर्षिय आयोजना समेत रोक्ने काम भएको छ ।
सांसद लिङदेनले आफ्नो क्षेत्रमा बहुबर्षीय कार्यक्रमको बजेट नपठाउँदा आयोजना नै रोकिएको बताए ।उनले भने, ‘झापाको कचनकवल गाँउपालिका सामान्य प्रशासन मन्त्रालयले सिलीङ पठायो, कार्यक्रम माग्यो । गाँउ परिषदले योजनाले कार्यक्रम छनौट गरेर पठायो । मन्त्रालयले कार्यक्रमको अन्तिम छनौटमा रहेको कार्यक्रम जँहा १० लाख मागिएकोमा मन्त्रालयले एक करोड १० लाख पठायो । यस्तो किन भएको भनेर मन्त्रीलाई सोधेकोमा मन्त्रीले हेर्छु भन्नु भयो, अहिलेसम्म हेर्नु भएन । किन हेर्नु भएन भनेर हेर्दा कार्यकर्ताको सिफारिशमा योजना छनौट भएको रहेछ । म मन्त्रीलाई चुनौती दिएर भन्न चाहन्छु त्यो रकम खर्च गर्ने ठाँउ नै छैन ।’
सांसद लिङदेनले भने, ‘संसदमा संघियताको विरोध गर्ने आफु मात्र हो कि भनेको यँहा त संघियता नमान्ने त मन्त्री ज्यू नै हुनुहुदोँरहेछ, अब संगत गर्नु पर्ला जस्तो छ ।’सांसद लिङदेनले आफ्नो क्षेत्रका जनतालाई सरकारले दुख दिइरहेको भन्दै यसका लागि आफु अनसन समेत बस्न सक्ने बताए ।