‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु

गुगलपाटी संवाददाता हेटौंडा
२५ माघ २०७५ ०९:३०

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । आज उद्घाटन खेलमा झम्सिखोल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिष्पर्धा शुरु भएको छ ।

प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिग रेलिगेशनबिनाको हुन खेलमा विजेताले रु ८ लाख, उपविजेताले रु ५ लाख, तेस्रो हुनेले रु ३ लाख र चौथो हुने टोलीले रु २ लाख पाउने छन् ।