कृषि मन्त्रिले गरे सिमलटारको ठाँउ अवलोकन
जी.न्यौपाने हेटौंडाप्रदेश नं. ३ भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले हेटौंडा-११ सिमलटारको ड्याम साइड अवलोकन गरेका छन् । बङ्गुर पालक कृषक समुहलाई एकत्रित गर्दै संरक्षणको लागि संरचनाहरु बनाईने उदेश्यले अवलोकन गरिएको जनाईएको छ ।
नेपाल सरकारको मातहतमा रहेको स्वरोजगार बङ्गुर पालक कृषक समुहलाई विकसित र व्यवस्थित गर्दै लैजाने र सिमलटार लगायतका बस्तिहरुलाई दुर्गन्धमुक्त बनाउने सरकारको नीति रहने वडा नं. ११ का वडा अध्यक्ष गोकर्ण पराजुलीले बताए ।
अवलोकन कार्यक्र्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, तीन नम्बर प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदाल, वडा नं. २ का वडा अध्यक्ष हरि राउत, स्वरोजगार बङ्गुर पालक कृषक समुहका अध्यक्ष देवेन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।