शिखरपानीमा ल्होछार सम्पन्न

गुगलपाटी संवाददाता  हेटौंडा
२७ माघ २०७५ ०६:४३

 हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानीमा नेपाल तामाङ घेदुङ वडा इकाई कमिटिको आयोजना गरिएको ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भएको कार्यक्रममा वडा घेदुङ्को अध्यक्ष बिशाल लामा तितुङको सभाध्यक्षता र प्रदेश नम्बर तिनको प्रदेश सभा सदस्य ओम घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ल्होछारको शुभकामना आदनप्रदान गरि सम्पन्न गरिएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङको संघिय सदस्य सुनिल मोक्तान, जिल्ला अध्यक्ष लिलाकुमार घलान, १५ नम्बर वडाको वडा अध्यक्ष महारत्न लामा, दिब्य सेवा निकेतन बृद्ध आश्रमको अध्यक्ष चम्फु सिं वाइबा, तामाङ चलचित्र संघको सानु लामा दोङलगायत स्थानीय टोल विकास समितिको प्रतिनिधिहरु सहभागी रहेको थियो भने कार्यक्रम सञ्चालन इन्द्रमान डिम्डुङले गरेका थिए ।