सिक्सर्सलाई ९४ रनको फराकिलो अन्तरमा हराउँदै मेलबर्न सेमिफाइनलमा, सन्दीपको लिए ३ विकेट
गुगलपाटी संवाददाता काठमाडौंअष्ट्रेलियामा जारी बिग ब्यास लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनको फराकिलो अन्तरले हराउँदै मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको छ।
स्टार्सको फराकिलो जित निकाल्ने क्रममा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ११ रन खर्चिएर ३ विकेट लिए। आदम जाम्पा र डानिएल ओरलले २(२ विकेट लिए।
घरेलु टोली स्टार्सले दिएको १८९ रनको लक्ष्य पछ्याएको सिक्सर्सले निर्धारित २० ओभरको खेलमा १३।४ ओभरमा अलआउट हुँदै ७४ रनमा समेटियो।
उसका लागि डानियल ह्यूजेजले सर्वाधिक १२ रन बनाए। स्टेभ ओ काफीले ११ तथा टोम कुरानले १० रन बनाउनु बाहेक अरू कुनैले दोहोरो रनको स्कोर छुन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।
स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ४३ बलमा बिस्फोटक ब्याटिङ गर्दै ६ छक्का र ४ चौकासहित ८२ रन बनाए।
विकेटकिपर पेटर ह्याण्डस्कम्मले ३५ रन बनाउँदा ओपनर मार्कस स्टोनिसले ३४ रन जोडे।
आजको तीन विकेटसहित नेपाली युवाले बिग ब्यासमा ११ विकेट लिइसकेका छन्।
सुरूवाती चार खेलबाट ८ विकेट लिएका उनी पाँचौ खेलमा विकेट बिहिन भएका थिए। लिगको अन्तिम खेलमा तीन विकेट लिने क्रममा उनले ११ रन खर्चिए।
आफ्नो पहिलो ओभरमा १ रन खर्चिएर १ विकेट लिएका सन्दीपले दोस्रो ओभरमा ६ रन खर्चिँदै कुनै विकेट लिएनन्। तर तेस्रो ओभरमा पुनः १ रन खर्चिँदै १ विकेट लिए। अन्तिम ओभरको चौथो बलमा पोपेको विकेट लिदै सिक्सर्सलाई ७४ रनमा समेटे।
यो सँगै मेलबर्न स्टारले सेमिफाइनलमा लिगको शीर्ष स्थानमा रहेको होबर्ट हुरिक्यान्ससँग आगामी १४ फेब्रअरीमा खेल्नेछ। स्रोतः सेतोपाटी