स्थानीय पत्रपत्रिकाः अलमलमा नै बित्यो प्रदेश सरकारको एक वर्ष

गुगलपाटी संवाददाता
२८ माघ २०७५ ०२:०३

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेश सरकार स्थापनाको एकवर्षको समीक्षा, नेकपा नेता माधवकुमार नेपालले हेटौंडामा आएर पार्टी एकीकरण पूर्ण नभएकोमा निराशा छाएको प्रतिक्रिया दिएको, प्रजातान्त्रिक पार्क निर्माण अन्तिम चरणमा रहेकोलगायतका समाचार प्रमुखताका साथ छापेका छन् ।

प्रदेश ३ को सरकार गठन भएको आज ठीक एक वर्ष भएको छ । प्रदेश ३ को मुख्यमन्त्रीको रुपमा डोरमणि पौडेलले ठीक एकवर्ष अघि आजकै दिन सपथ ग्रहण गरेका थिए ।

तर, प्रदेश सरकारको यो एकवर्ष अलमलमै बितेको छ । कार्यभार सम्हालेकै दिन कर्मचारीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भनेका थिए ‘हामी जे भन्छौं त्यो गर्छौं, हामीले अब अनुत्पादक काम गरेर फाइदा छैन ।

तर, मुख्यमन्त्रीले भनेका यी कुरा एकवर्षमा देखिएन । उत्पादक क्षेत्रमा सरकारको सक्रियता देखिए पनि परिणाममुखी काम हुन सकेको छैन । आजको प्रदेश दैनिकमा प्रमोद अर्यालले समाचार लेखेका छन् ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ